कौरव खत्री/गुल्मी,साउन २१।
गुल्मीको मुसिकोट नगरपालिका र हेफर नेपाल प्रोजेक्टको आर्थिक सहयोग तथा जनविकास केन्द्रद्धारा संचालित सामुदायिक बिकासको लागि बाख्रा उधम परियोजनाको स्थलगत अनुगमन तथा अन्तरक्रिया कार्यक्रम बुधवार सम्पन्न भएको छ ।
मुसिकोट नगरपालिका वडा नं.१देखी ४ वडासम्ममा सामुदायिक विकासका लागि बाख्रा उधम परियोजना अन्तर्गत निर्माण गरिएका बाख्रा खोरको अनुगमन तथा प्रोत्साहन स्वरुप रकम प्रदान समेत गरिएको थियो ।
नेतृत्व विकास सामाजिक विकास तथा आर्थिक बिकासको लागि यो कार्यक्रम महत्त्वपूर्ण रहेको बताउदै यश कार्यक्रमका संयोजक रहनु भएका बाबुराम पन्थीले हालसम्म २दुई ५सय,१२ घरधुरीमा सञ्चालनमा रहेको बताउनु भयो ।
मुसिकोट नगरपालिका र हेफर नेपाल प्रोजेक्टको करिव ४ करोडको आर्थिक साझेदारीमा कार्यक्रम विगत २ बर्ष देखिबाट सञ्चालित रहेको छ ।
सोही अवसरमा मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले मुसिकोट नगरपालिका वडा नं. १देखि ४वडासम्म हाल १ सय भन्दा बढी आधुनिक खोर निर्माण भैसकेको र उनीहरुलाई व्यावसायिक रुपमा अगाडी बढाउन सहयोग पुर्याउने बताउनु भयो ।
त्यस्तै नगरप्रमुख सापकोटाले किसानलाई व्यावसायिक रुपमा आत्मनिर्भर एंव रोजागारसँगै मासुमा मुसिकोट नगरपालिकालाई आत्मनिर्भर गराउने बताउनु भयो ।
कार्यक्रममा मुसिकोट नगरपालिकाका नगर उपप्रमुख कमला शर्मा,नगर कार्यपालिका सदस्य सरस्वती घिमिरे,कार्यपालिका सदस्य हरि प्रसाद छन्तेल,लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा मुसिकोट नगरपालिका वडा नं. २ का वडा अध्यक्ष लक्ष्मण खत्री, वडा नं. ३का वडाअध्यक्ष कर्ण बहादुर घर्ती,वडा सदस्य शंकर रायमाझी,वडा सदस्य ध्रुव पछाई, कृषि अधिकृत जनक पौडेल, पशुसेवा शाखा प्रमुख महेन्द्र पन्थी, कार्यक्रम संयोजक बाबुराम पन्थी, महेन्द्र घिमिरे,तेजेन्द्र महत, पशुसेवा प्राविधिक लगायतको समेत सहभागिता रहेको थियो ।कार्यक्रममा प्रोत्साहन स्वरुप रकम बितरण बाख्रा उपहार लगायतका कार्य गरिएको थियो ।
कार्यक्रम मुल समुहकी अध्यक्ष राधिका घिमिरेको अध्यक्षता तथा लक्ष्मी खत्रीको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने कमला आचार्यले गनुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)