गुल्मी, साउन २० ।
गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्ला विभिन्न वडाहरुमा रहेका खोप केन्द्रहरुबाट के-कसरी कोभिड विरुद्धको खोप लगाउने कार्य भएको छ भनेर अनुगमन गर्नुभएको छ । खोप केन्द्रमा गुनासा नागरिकका धेरै गुनासाहरु आए पछि प्रमुख जिल्ला अधिकारी स्वयं आफै अनुगमनमा निस्कनु भएको हो ।
सोमबार जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १, २, ८ र ९ को खोप केन्द्र हाट बजार, वडा नम्बर १० को सिमीचौर, वडा नम्बर ७ र वडा नम्बर ४ को अर्खलेमा सञ्चालित खोप केन्द्रबाट के- कसरी कोभिड विरुद्धको खोप लगाउने कार्य गरिएको छ भनेर अनुगमन गर्नुभएको हो ।
प्रमुख जिल्ला अधिकारी शर्माले अनुगमनको क्रममा खोप केन्द्रमा अपाङ्गता भएका, विदेश जाने तथा लक्षित वर्गलाई २ हजार ७ सय ४० थान मास्क वितरण वितरण गर्नुभएको हो । आगामी दिनमा अन्य वडाहरुमा रहेका खोप केन्द्रको अनुगमन गर्ने प्रजिअ शर्माले बताउनुभयो ।
त्यस्तै अन्य वडामा रहेका खोप केन्द्रहरु सशस्त्र प्रहरी र स्वास्थ्य कार्यालयबाट पनि अनुगमन गरिएको छ । सबै वडाहरुमा सुरक्षाकर्मी परिचालन गरी खोप केन्द्रलाई व्यवस्थित व्यवस्थित गरिएको प्रजिअ शर्माले बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)