Logo बिहिवार, आश्विन १ गते २०८३
images

२४ घण्टामा देशभर ३३८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

२४ घण्टामा देशभर ३३८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

  • 3.1K
    SHARES

  • २४ घण्टामा देशभर ३३८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    बुटवल,साउन २०- 

    पछिल्लो २४ घण्टामा देशभर ३३८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोही अवधिमा २४ जनाको मृत्यु भएको जनाएको छ ।

    यस्तै १९९४ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर परीक्षणमा ७ लाख २ हजार ९७ र एन्टिजेन परीक्षणमा ६३ हजार ७१८ पुगेको छ ।

    जसमध्ये ६ लाख ६० हजार ११६ जना संक्रमणमुक्त भएका छन् भने ९ हजार ९२२ जनाको मृत्यु भएको छ । हाल संक्रमण दर ९४ प्रतिशत रहेको छ अर्थात देशभर ३२ हजार ५९ जना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ७१८ जनाको नमुना परीक्षण भएको थियो ।  

    रुपन्देहीमा कोराेनाका संक्रिय संक्रमितको संख्या ४२९ :

    sher bahadur deuwa.jpg

    रूपन्देहीमा २४ घण्टामा ५४ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा १९३ जनाको कोरोना परीक्षण गरिएको थियो ।पछिल्लो २४ घण्टामा ३३ जना संक्रमणमुक्त भएका छन् ।

    स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा तिलोत्तमा नगरपालिकामा १७ जना, बुटवल उपमहानगरपालिकाका १२, देबदह नगरपालिका र सैनामैना नगरपालिकामा ६-६ जना , कञ्चन गाउँपालिकामा ५, ओमसतिया गाउँपालिकामा २ र शियारी गाउँपालिकामा १ जना नयाँ संक्रमित थपिएका छन् ।

    पछिल्लो २४ घण्टाको अवधिमा कुनैपनि संक्रमितको मृत्यु भएको छैन । हालसम्म जिल्लामा ५१६ जनाको कोरोनाबाट मृत्यु भएको कार्यालयले जनाएको छ । रुपन्देही संक्रिय संक्रमितको संख्या ४२९ रहेको छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology