Logo बिहिवार, आश्विन १ गते २०८३
images

३३६५ संक्रमित थपिए,१६ जनाको मृत्यु,१३७३ संक्रमणमुक्त

३३६५ संक्रमित थपिए,१६ जनाको मृत्यु,१३७३ संक्रमणमुक्त

  • 2.2K
    SHARES

  • ३३६५ संक्रमित थपिए,१६ जनाको मृत्यु,१३७३ संक्रमणमुक्त

    बुटवल,साउन १४- 

    पछिल्लो २४ घण्टामा देशभर ३३६५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार २४२ जनाको नमुना परीक्षण गर्दा ३३६५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । 
    यही अवधिमा १६ जनाको मृत्यु भएको छ भने १३७३ जना संक्रमणमुक्त भएका छन् । 

    यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ६ लाख ९० हजार ६४२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ५९ हजार ३८० जना पुगेको छ ।

    यस्तै हालसम्म देशभर संक्रमितमध्ये ६ लाख ५० हजार ४४५ जना निको भएका छन् भने मृतकको कुल संख्या ९ हजार ८०७ पुगेको छ । 

    रुपन्देहीमा ३५ जना कोरोना संक्रमित थपिए :

    रुपन्देहीमा ३५ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टाको तथ्याङ्क अनुसार बुटवलसहित जिल्लामा ३५ जना संक्रमित थपिएका हुन् ।

    योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ३७० पुगेको छ । बुटवलका १४ जना, सिद्धार्थनगरका २ जना, देवदहका ५ जना, सैनामैनाका ४ जना, कञ्चनका १ जना, रोहिणीका १ जना र शुद्धोधनका ४ जना रहेका छन् ।

    हालसम्म जिल्लामा कुल २९ हजार १ सय ११ जना संक्रमित पुगेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।तीमध्ये ५१४ जनाको मृत्यु भएको छ भने २८ हजार २ सय ६२ जना निको भएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology