Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

प्रचण्डको हस्ताक्षर दुरुपयोग गरेकोमा माओवादीको आपत्ति,कारबाहीको माग

प्रचण्डको हस्ताक्षर दुरुपयोग गरेकोमा माओवादीको आपत्ति,कारबाहीको माग

  • 2.5K
    SHARES

  • प्रचण्डको हस्ताक्षर दुरुपयोग गरेकोमा माओवादीको आपत्ति,कारबाहीको माग

    बुटवल,साउन १३- 

    नेकपा माओवादी केन्द्रले पार्टीको लेटरप्याड, छाप र अध्यक्ष प्रचण्डको  हस्ताक्षर दुरुपयोगप्रति आपत्ति प्रकट गरेको छ।  

    माओवादी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले एक विज्ञप्ति जारी गर्दै पार्टीको लेटरप्याड, अध्यक्ष प्रचण्डको नक्कली हस्ताक्षर राखी सिंगो पार्टीपंक्ति, पाँचदलीय गठबन्धन र आमजनसमुदायमा समेत भ्रम सिर्जना गर्ने उद्देश्यका साथ सामाजिक सञ्जालमा मन्त्रिमण्डल विस्तार सम्बन्धमा भन्दै गलत सूचना प्रवाह गरिएकोमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। press_maoist.jpg

    यस किसिमका किर्ते र झुट प्रचारको भ्रममा नपर्न माओवादीले आग्रह गरेको छ। प्रविधिको प्रयोग गरेर भ्रम फैलाउने तत्वलाई कडा कारबाही गर्न पनि माओवादीले माग गरेको छ।

    सामाजिक संजालमा भाइरल किर्ते बिज्ञप्ति :-nakkali.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology