Logo बिहिवार, आश्विन १ गते २०८३
images

जिडिएसबाट गम्भीर बिरामी लुम्बिनी प्रदेशकी उद्योग मन्त्री कल्पना पाण्डे खतरामुक्त

जिडिएसबाट गम्भीर बिरामी लुम्बिनी प्रदेशकी उद्योग मन्त्री कल्पना पाण्डे खतरामुक्त

  • 3.0K
    SHARES

  • जिडिएसबाट गम्भीर बिरामी लुम्बिनी प्रदेशकी उद्योग मन्त्री कल्पना पाण्डे खतरामुक्त

    बुटवल,साउन १३-

    उपचाररत लुम्बिनी प्रदेशकी उद्योग वन तथा वातावरण मन्त्री कल्पना पाण्डेको अवस्था खतरामुक्त रहेको नर्भिक अस्पतालले जनाएको छ ।

    अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाका अनुसार मन्त्री पाण्डेको स्वास्थ्यमा सुधार आएपछि आईसीयू कक्षबाट बुधबार बिहान नर्मल वार्डमा सारिएको छ ।

    न्युरोसम्बन्धी रोग जिडिएसबाट गम्भीर बिरामी भएकी मन्त्री पाण्डे गत आइतबारदेखि अस्पतालको आईसीयू कक्षमा उपचाररत थिइन् ।

    आइतबारदेखि दुवै खुट्टा नचल्ने भएपछि मन्त्री पाण्डेलाई रुपन्देहीको भैरहवामा रहेको भीम अस्पतालबाट बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल हुँदै थप उपचारका लागि नर्भिक अस्पतालमा ल्‍याइएको थियो । उनलाई न्युरोनसम्बन्धी रोग जिडिएस भएको चिकित्सकहरुले बताएका छन् ।

    मन्त्री पाण्डेलाई चिकित्सक पंकज जलान र यादव भट्टको टीमले उपचार गरिरहेको अस्पतालले जनाएको छ । चिकित्सकका अनुसार कोभिड-१९ को खोप लगाएपछि उनमा यस्तो समस्या देखिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology