Logo बिहिवार, आश्विन १ गते २०८३
images

गुल्मीको मुसिकोटमा जीप दुर्घटना हुदाँ तीन जनाको मृत्यु,सात जना घाइते

गुल्मीको मुसिकोटमा जीप दुर्घटना हुदाँ तीन जनाको मृत्यु,सात जना घाइते

  • 2.4K
    SHARES

  • गुल्मीको मुसिकोटमा जीप दुर्घटना हुदाँ तीन जनाको मृत्यु,सात जना घाइते

    बुटवल,साउन १३-

    गुल्मीको मुसिकोट नगरपालिका–४ दोभानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

    बुधवार बिहान चन्द्रकोट गाउँपालिकाको शान्तिपुरबाट तम्घास आउँदै गरेको लु १ ज ४५५९ जीप दोभानमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका–४ का तेजेन्द्र थापा र वडा नम्बर ५ हरेवाका रेशम कार्की रहेका छन् ।

    मृतक एक महिलाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याइँदैछ ।

    दुर्घटनालगत्तै सेना, प्रहरी र स्थानीय उद्धारमा खटिएको घटनास्थलमै रहेका मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए । दुर्घटनामा परेको जीप सडकबाट करीब ५ सय मिटर तल खसेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology