Logo बिहिवार, आश्विन १ गते २०८३
images

२४ घण्टामा थप ७ कोरोना संक्रमितको मृत्यु,४३६ पुगे मृतक,११७२ थपिए संक्रमित

२४ घण्टामा थप ७ कोरोना संक्रमितको मृत्यु,४३६ पुगे मृतक,११७२ थपिए संक्रमित

  • 2.8K
    SHARES

  • २४ घण्टामा थप ७ कोरोना संक्रमितको मृत्यु,४३६ पुगे मृतक,११७२ थपिए संक्रमित

    बुटवल,असोज ७-

    नेपालमा पछिल्लो २४ घण्टामा ७ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। 

    पहिल्लो २४ घण्टामा १ हजार १७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६८ हजार ८०४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। 

    हाल देशभर १७ हजार ४१४ जना सक्रिय संक्रमित छन्। यीमध्ये ९ हजार १८६ होम आइसोलेसनमा छन् भने ८ हजार २२८ जना संस्थागत आइसोलेसनमा छन्।

    हालसम्म ९ लाख ४४ हजार ४७४ जनाको परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा १ हजार ८९३ निको भएका छन्।योसँगै ४९ हजार ९५४ जना निको भएको मन्त्रालयले जनाएको छ। यो कुल संक्रमितको ७३.७ प्रतिशत छ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology