बुटवल,असोज ७-
लगातारकाे पहिराेका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-तानसेन सडकखण्ड अवरुद्ध भएको छ।पाल्पाको तिनाउँ गाउँपालिका- ५ कालिमाटीमा ढुङ्गा सहितको ठुलाे पहिरोले सडक पुरेकाे छ ।
पाल्पा प्रहरीका अनुसार सडक डिभिजन कार्यालयसंग थप समन्वय गरी सडक खुलाउने प्रयास भैरहको छ । सडकमा पहिराे खसेपछि यात्रुहरू अलपत्र परेका छन् भने सडकमा सवारी साधनकाे लाम लागेकाे छ ।
त्यस्तै पाल्पाकाे डुम्रे र तानसेन नगरपालिका ८ गैाडेपुल नजिक पनि पहिराे खसेकाेले सडक अबरूद्ध भएकाे छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)