Logo बिहिवार, आश्विन १ गते २०८३
images

साढे १४ कराेड लगानीमा पर्रोेहा परमेश्वर बोलबम धामको पुनः निर्माण (फाेटाेफिचर)

साढे १४ कराेड लगानीमा पर्रोेहा परमेश्वर बोलबम धामको पुनः निर्माण (फाेटाेफिचर)

  • 6.3K
    SHARES

  • साढे १४ कराेड लगानीमा पर्रोेहा परमेश्वर बोलबम धामको पुनः निर्माण (फाेटाेफिचर)

    बुटवल,साउन ९-

    रुपन्देहीको सैनामैनामा रहेको पर्रोेहा परमेश्वर बोलबम धामको पुनः निर्माणको काम सुरु भएको छ । सैनामैना नगरपालिकाले धार्मिक पर्यटकिय स्थलको रुपमा विकास गर्ने गरि गुरुयोजना बनाएर पुनः निर्माणको काम सुरु गरेको  हो । यसका लागि साढे १४ कराेड लगानी गरिने छ ।

    आज पुर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलले भर्जुअल अनलाईन माध्यमबाट पुनः निर्माणको उद्घाटन गर्दै बोलबम धामको विकासको लागि पुनः निर्माणको काम थालिएको बताउनुभयो ।

    पश्चिमको पशुपति नाथले चिनिएको पर्राेहा धामलाई लुम्बिनी प्रदेश कै प्रमुख धार्मिक पर्यटकिय स्थलको रुपमा विकास गर्ने गरि पुनः निर्माण गरिने बताउँनुभयो । नेकपा एमालेका उपमहासचिब समेत रहनु भएका पौडेलले धामको विकासको लागि गुरुयोजनाको निर्माण भएको र सोही अनुसारको  विकास गरिने पौडेलले दाबी गर्नुभयो । गुरुयोजना पुरा गर्नेका लागि स्थानीय , जनप्रतिनिधि , राजनीतिक दलहरुको साथ र आवश्यकता रहेको उहाले बताउँनुभयो ।

    bolbum 4  .jpg

    विकासका दृष्टिकोणले सैनामैनालाई पछि पर्न नदिने पौडेलले बताउँदै ब्यवस्थित र आधुनिक शहरको रुपमा विकास गरिने दाबी गर्नुभयो । बोलबम धाम क्षेत्रको समग्र विकास गर्ने गरि गुरुयोजना तयार गरि पहिलो चरणमा मन्दिरलाई पुनःनिर्माणको काम सुरु भएको सैनामैना नगरपालिका प्रमुख चित्र बहादुर कार्कीले जानकारी दिनुभयो ।

    bolbum 3  .jpg

    बहुवर्षिया ठेक्का लगाएको र २ वर्षमा पहिलो चरणको काम  सम्पन्न हुने बताउँनुभयो । पहिलो चरणमा धामको पुनः निर्माणको लागि ६ करोड ५७ लाखमा ७० प्रतिशत संघीय र ३० प्रतिशत स्थानीय सरकारको  लागत साझेदारीमा बोलबम क्षेत्र विकास परियोजना स्विकृत भएको बताउनुभयो ।

    bolbum 2 .jpg
    दोश्रो चरणमा ८ करोडको लगानीमा थप निर्माण हुने गरि बोलबम क्षेत्र विकास कोष खडा गर्ने गरि विकास गर्ने कार्कीले बताउँनुभयो । धामको देश–विदेशका हिन्दु धर्मालम्बि ल्याउने गरि विकास गरिने कार्कीले दाबी गर्नुभयो ।

    मन्दिर क्षेत्रमा जिर्ण ,अब्यवस्थित रहेका संरचना हटाई नँया निर्माण गर्ने र बाँकी संरचनाहरुको उचित ब्यवस्थापन गर्नको लागि गूरुयोजना निर्माण गरिएको सैनामैना नगरपालिका योजना शाखाका प्रमुख ईन्जिनियर सुरज न्यौंपानेले जानकारी दिनुभयो ।

    bolbum 1.jpg

    २३ कठ्ठा जग्गामा गुरुयोजना तयार भएको र प्यागोडा शैलिको कलात्मक काठ , ढुङ्गा ,ईट्टाको प्रयोग भई दुई तामाको छाना सहित मूल मन्दिरको निर्माण हुने उहाले जानकारी दिनुभयो ।

    bolbum dham.jpg

    मूल मन्दिर ५४ फिटको हुने छ, भने ५७ फिटको त्रिशुल डमरुको निर्माण गरिने छ । मन्दिरको पुनःनिर्माणको लागि धर्म–आर आर जेभिसँग २०७९ साल मंसिर २९ सम्म निर्माण कार्य सम्पन्न हुने गरि ठेक्का सम्झांैता भएको न्यौंपानले जानकारी दिनुभयो ।

    bolbum mandir.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology