Logo बिहिवार, आश्विन १ गते २०८३
images

रूपन्देहीको सियारीका विद्यालयमा ६ देखि १० कक्षाका विद्यार्थीलाई बैकल्पिक कक्षा

रूपन्देहीको सियारीका विद्यालयमा ६ देखि १० कक्षाका विद्यार्थीलाई बैकल्पिक कक्षा

  • 3.8K
    SHARES

  • रूपन्देहीको सियारीका विद्यालयमा ६ देखि १० कक्षाका विद्यार्थीलाई बैकल्पिक कक्षा

    बुटवल,असोज ७-

    रुपन्देहीको सियारी गाउँपालिकामा सहजीकरण मार्फत विद्यालयहरूमा सम्पर्क कक्षा संचालन भएको छ । पहिलो चरणमा आंशिक रुपमा विद्यार्थीहरुलाई विद्यालयमा पढ्ने  वातावरण  मिलाईएको गाउँपालिकाले जनाएको छ ।

    कोरोना भाइरसका कारण विगत ६ महिना देखि विद्यालयहरु बन्द भएको र शिक्षा क्षेत्र प्रभावित भएकोले सोमबार देखि सहजीकरण गर्ने तरिकाले बैकल्पिक रूपमा ६ देखि १० कक्षा सम्म सम्पर्क कक्षा संचालन गरिएको गाउँपालिका अध्यक्ष अयोध्या थारूले नागरिक अनलाइनलाइ बताउनुभयो । 

    विद्यार्थीहरुलाई सहजीकरण मार्फत उनिहरुको स्वास्थ्यलाई ध्यान दिएर स्वास्थ्य सुरक्षाका उपाय अपनाउँदै विद्यालयमा पढाई सुरु गरिएको उहाँले जानकारी दिनुभयो । यो विधि  प्रभावकारी भए यसलाई निरन्तरता दिईने उहाँको भनाई छ ।

    कक्षामा उपास्थित हुँदा शिक्षक र विद्यार्थीहरुले अनिवार्य रुपमा मास्क लागउनु पर्ने, सावुन पानीले हात धुनु पर्ने, विद्यालयमा सेनेटाइजरको प्रयोग गर्नु पर्ने, भौतिक दुरी कायम गरी एक बेंचमा दुई जना मात्र विद्यार्थी बस्नु पर्ने लगाएतको स्वास्थ्य सुरक्षाको ब्यवास्था मिलाईएको सियारी गाउँपालिका शिक्षा शाखा प्रमुख सुधीर  पौडेलले बताउनु भयो । 

    विद्यालयमा विहान १० वजे देखि ३ बजे सम्म आंशिक रुपमा अध्ययन हुनेछ । उहाँले भन्नुभयो -‘सहजीकरण मार्फत सम्पर्क कक्षा संचालनका क्रममा नियमित कक्षा जस्तो प्रार्थना तथा अन्य कार्य भने हुने छैन, स्वास्थ्य सुरक्षा अपनाएर हामीले कक्षा संचालन गरेका छौं । अभिभावक, शिक्षक र जनप्रतिनिधिको सल्लाह र कार्यपालिका बैठकको निर्णय अनुसार सहजीकरण मार्फत सम्पर्क कक्षा संचालन गरेका हौं । ’
    यसरी अध्ययन गरेका विद्यार्थीहरुलाई सहजीकरण तथा प्रयोगात्मक अध्ययनबाट २० अंक, अभिभावकको भुमिका मुल्यङ्कनबाट ५, विद्यार्थी उपस्थिती ४ र सरसफाई वापत एक नम्बर गरी जम्मा ३० नम्बरको पुर्णाङ्क रहने व्यवस्था मिलाईएको उहाँले जानकारी दिनुभयो ।

    कोरोना भाइरसको जोखिमको अवस्थ हेरी नियमित कक्षा र १ देखि ५ कक्षा सम्मको पढाइ बारे छलफल गरी संचालन गर्ने वा नगर्ने बारे निर्णय गरिने गाउँपालिका उपाध्यक्ष तथा प्रवक्ता अमृता गुरूङले नागरिक अनलाइनलाइ बताउनुभयो ।गाउँपालिकामा बैकल्पिक विधिबाट संस्थागत तथा निजी विद्यालयका विद्यार्थीहरूलाई यस अघि देखि नै पढाइ भैरहेका छन् ।

    बिद्यार्थी सिकाइ सहजीकरण अभ्यास एवं परियोजना कार्य २०७७ संचालन :

    गाउपालिकाको निर्णय अनुसार बिद्यार्थी सिकाइ सहजीकरण अभ्यास एवं परियोजना कार्य २०७७ प्याकेज संचालन गरेको पब्लिक माबि सियारी ४ का प्रधानाध्यापक डिलाराम खनालले नागरिक अनलाइनलाइ जानकारी दिनुभयो ।

    ‘बालकक्षा त्यस्तै नर्सरीदेखि ५ सम्म ११ वटासेन्टर-मन्दिरमा,सामुदायिक भवनमा र खालीघरमा पढाएका छौँ । रोटेसनका आधारमा ६-१० कक्षा संचालन गरिएकाे छ’। उहाले भन्नुभयाे । पब्लिक माबिमा माबितहमा ११ सय बिद्यार्थी रहेका छन् भने अहिले दिनमा ६ घण्टा पढाइ भैरहेकाे उहाले बताउनुभयाे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology