बुटवल,साउन ८-
मेयरको कार्यकक्षमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको फोटो नराखेको पाइएपछि बुटवल उपमहानगरपालिकालाइ नेपाली काँग्रेसले देउवाको फोटो उपहार दिएको छ ।
नेपाली काँग्रेसले बुटवल उपमहानगरपालिका समितिले उपमहानगरपालिकालाई प्रधानमन्त्री देउवाको फोटो कार्यकारी प्रमुख शिवप्रसाद रेग्मीलाई हस्तान्तरण गर्दै सवक सिकाएको हाे ।
नगरपालिकाले राजनीतिक प्रतिसोध राखेर प्रधानमन्त्री देउवाको फोटो नराखेको बताउँदै नगर सभापति खेलराज पाण्डेले बताए । उनले राजनीतिक संस्कार सिकाउनको लागि पनि प्रधानमन्त्रीको फोटो उपलब्ध गराईएको नागरिक अनलाइनलाइ जानकारी दिए ।
बुटवल नगरपालिको एमाले अध्यक्ष समेत रहेका केपि ओली प्रधानमन्त्री हुँदा राष्ट्रपति विद्यादेवी भण्डारी सहित तत्कालिन प्रधानमन्त्री ओलीको फोटो राखेको थियो भने ओली प्रधानमन्त्रीबाट पदच्युत भएसंगै ओलीको फोटो हटाएर राष्ट्रपतिको मात्रै फोटो राखेको थियो । यस कार्यको सर्वत्र आलाेचना समेत भएको थियाे।
तर नगरपालिकाले भने प्रधानमन्त्री देउवाको फोटो डिजाइन बनाउन फाेटाे स्टुडियाेलाइ दिइएकोमा ढिलाइ भएको बताएको छ ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)