Logo बिहिवार, आश्विन १ गते २०८३
images

बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक विदा दिने सरकारको निर्णय

बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक विदा दिने सरकारको निर्णय

  • 2.9K
    SHARES

  • बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक विदा दिने सरकारको निर्णय

    बुटवल,साउन ४-

    सरकारले साउन ६ गते बकर इद पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो ।

    मन्त्रिपरिषद बैठकले निःशुल्क खोप उपलब्ध गराउन खोप उत्पादन गर्ने कम्पनीहरुलाई आग्रह गर्ने निर्णय समेत गरेको छ ।सरकारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारले नियुक्त गरेका ११ देशका राजदूत नियुक्ति खारेज गर्ने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा प्रमुख विशेषज्ञ डा.रोशन पोखरेललाई बढुवा गर्ने निर्णय गरेको छ । लोकसेवा आयोग अध्यक्ष नेतृत्वको सिफारिस समितिले पोखरेलसहित डा. महेन्द्रप्रसाद श्रेष्ठ र दीपेन्द्ररमण सिंहलाई सिफारिस गरेको थियो ।

    देउवा नेतृत्वको सरकारमा गृहमन्त्री बालकृष्ण खाँड ,अर्थमन्त्री जनार्दन शर्मा ,उर्जामन्त्री पम्फा भुसाल ,कानुन तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्र बहादुर कार्की रहेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology