बुटवल,असार ३१-
सर्वोच्च अदालतले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’लाई रिहा गर्न आदेश दिएको छ । अदालतले आज ओलीलाई रिहा गर्न आदेश दिएको हो ।
न्यायाधीस प्रकाश ढुंगाना र मनोजकुमार शर्माको इजलासले ओलीलाई रिहा गर्न आदेश दिएको हो ।
सरकारले २०७५ फागुन २८ गते नेकपामाथि प्रतिबन्ध लगाएको केही समयपछि ओली काभ्रेबाट पक्राउ परेका थिए । ओलीलाई पुर्पक्षका लागि नख्खु कारागारमा राखिएको थियो ।ओलीको स्वास्थ्य अवस्था विग्रिएपछि शहिद गंगलाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौंमा उपचार भइरहेको छ ।
सरकारसँगको ३ बुँदे सहमतिपछि नेकपामाथिको प्रतिबन्ध हटेको थियो भने गत फागुन २१ गते पार्टी महासचिव विप्लव समेत सार्वजनिक भएका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)