Logo बिहिवार, आश्विन १ गते २०८३
images

बागलुङ गलकोटमा सहयोग जुटाएरै नमुना बौद्ध प्रतिक्षालय,८० प्रतिशत काम सकियो

बागलुङ गलकोटमा सहयोग जुटाएरै नमुना बौद्ध प्रतिक्षालय,८० प्रतिशत काम सकियो

  • 5.6K
    SHARES

  • बागलुङ गलकोटमा सहयोग जुटाएरै नमुना बौद्ध प्रतिक्षालय,८० प्रतिशत काम सकियो

    काैरब खत्री /बागलुङ,असार २४-

    बागलुङको गलकोट नगरपालिका वडा नं. ८ विरकोटमा आर्थिक सहयोग जुटाएरै बौद्ध प्रतिक्षालयको निर्माण गरिएको छ ।

    विरकोट युवा विकास समाजको अभियान मार्फत यस क्षेत्रबाट स्वदेश तथा विदेशमा रहेर विभिन्न पेसा,व्यवसाय,गरिरहनु भएका सम्पूर्ण सहयोगदाताहरुबाट बोल र नगद गरि हालसम्म ८ लाख,५०हजार सहयोग रकम जुटेको बौद्ध प्रतिक्षालय निर्माण विदेश संयोजक  निल प्रसाद थापाले जानकारी दिनुभयो ।

    ऐतिहासिक विरकोट गाँउलाई नमूना गाँउको रुपमा विकास गर्न लागि विरकोटवासी समाजसेवीहरुसँगको सल्लाह र छलफलबाट गाँउको पहिचान झल्काउने र पर्यटन क्षेत्रको विकासमा समेत थप इटा थप्ने भएकोले मुर्ति सहितको बौद्ध प्रतिक्षालय निर्माण गरिएको विरकोट विकास समाज बौद्ध प्रतिक्षालय निर्माण समितिका कोषाध्यक्ष पदम सलामीले जानकारी दिनुभयो ।

    साथै हाल निर्माणधिन अवस्थामा रहेकोले बौद्ध प्रतिक्षालयको करिव असी प्रतिशत निर्माणको काम सम्पन्न भएको प्रतिक्षालय निर्माण समितिका कोषाध्यक्ष सलामीले जानकारी दिनुभयो ।  गत फागुन १ गते विधिवत रुपमा बौद्ध प्रतिक्षालयको निर्माण कार्यको शुरुवात गरिएको प्रतिक्षालयमा अझ रङ रोदन र मुर्ति राख्ने काम बाकी रहेको निर्माण समितिका कोषाध्यक्ष सलामीले जानकारी दिनुभयो ।

    विरकोट गाँउमा प्रतिक्षालय निर्माणले गाँउमा हुने सानो तिनो बैठक,घामपानीमा सितलता र छहारी एवं उकालो ओरालो गर्दा थकान मेटाउन पनि प्रतिक्षालयले सहयोग पुग्ने छ । कला संस्कृतिको धनी मानिने विरकोट गाँउमा बौद्ध प्रतिक्षालय निर्माणले विरकोटको पर्यटन  क्षेत्रको विकासमा थप बल पुगेको छ ।

    विरकोट युवा विकास समाजको सहयोग अभियानमा हातेमालो गदै आफूसक्दो आर्थिक सहयोग गनुहुने सम्पूर्ण सहयोगीदाताहरुलाई बौद्ध प्रतिक्षालय निर्माण  विदेश संयोजक   निल प्रसाद थापाले  विशेष धन्यवाद दिनुभयो ।

    त्यस्तै संस्कृति संरक्षण मञ्च बागलुङ काँडेवासका पूर्व अध्यक्ष एंव सल्लाहकार  डिल बहादुर बुढाथोकीले  यहाँका युवाहरुको सक्रियता र आफ्नो जन्मभूमिप्रतिको सहयोग उदाहरणीय एवं प्रसंसनीय रहेको भन्दै विरकोटलाई नमूना एंव सुन्दर बौद्ध प्रतिक्षालय निर्माणले गाँउको शोभा बढाएको र पर्यटन क्षेत्रमा समेत एउटा आयाम थपेकोे बताउनु भयो ।pratixayalaya .jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology