Logo बिहिवार, आश्विन १ गते २०८३
images

गुल्मीको रूरूक्षेत्र रिडीमा बृहत् रक्तदान,७० यूनिट रगत संकलन

गुल्मीको रूरूक्षेत्र रिडीमा बृहत् रक्तदान,७० यूनिट रगत संकलन

  • 4.6K
    SHARES

  • गुल्मीको रूरूक्षेत्र रिडीमा बृहत् रक्तदान,७० यूनिट रगत संकलन

    बुटवल,असार १९ ।

    गुल्मीको धार्मिक क्षेत्र रूरू क्षेत्र रिडीमा बृहत् रक्तदान कार्यक्रम भएको छ ।  रूरू प्राथमिक स्वास्थ केन्द्र रिडी,नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही र नेपाल स्वयंसेवी रक्तदाता समाज गुल्मीको आयोजनामा सम्पन्न कार्यक्रममा ७० जनाले रक्तदान गरेका थिए ।

    रक्तदाताहरुमध्ये धेरैजसाे रक्तदाताहरुले आज पहिलो पटक रक्तदान गरेकाे बताए  । रूरू क्षेत्र गाउँपालिका अध्यक्ष निलकण्ठ गौतमले यस्तो मानवीय कार्यक्रम यस धार्मिक क्षेत्रमा आयोजना गरेकोमा निकै खुशी व्यक्त गरे । रक्तदान कार्यक्रमलाई निरन्तरता दिन गाउँपालिकाले सहयोग गर्ने बताए ।

    कार्यक्रममा स्वास्थ केन्द्रका अध्यक्ष तथा वार्ड नं १ का अध्यक्ष रामलाल वि कले स्वयं रक्तदान गर्दै रक्तदान महादान भएको बताए । स्वास्थ्य केन्द्रका प्रमुख डा. विकास पन्थीले रक्तदान गर्नु भनेको स्वस्थ हुनुको प्रमाण रहेको धारणा राखे । रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही र गुल्मी जिल्ला शाखाका पदधिकारी लगायत सदस्यको समेत उपस्थिति रहेको थियो। भने कार्यक्रम  मनोज गिरीले सञ्चालन गरेका थिए ।

    रक्तदान कार्यक्रम शहर केन्द्रित भैरहेका बेला पहाडी क्षेत्रमा रक्तदान कार्यक्रम गरिएकाे र १ महिनाको अन्तरालमा अर्घाखाँची,पाल्पा र गुल्मीमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेकाे नेपाल स्वयम्सेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चाैहान क्षेत्रीले नागरिक अनलाइनलाइ बताए । 

    रिडिमा बृहतरुपमा पहिलोपटक आयोजित रक्तदान कार्यक्रममा उल्लेखनीय सहभागीता रहेको थियाे।

     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology