Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपाल शिक्षक महासंघद्वारा बुटवल उपमहानगरपालिकामा ३ घण्टा धर्ना

नेपाल शिक्षक महासंघद्वारा बुटवल उपमहानगरपालिकामा ३ घण्टा धर्ना

  • 4.9K
    SHARES

  • नेपाल शिक्षक महासंघद्वारा बुटवल उपमहानगरपालिकामा ३ घण्टा धर्ना

    बुटवल,असार १८- 

    देशभरका शिक्षकहरुले चौथो चरणको आन्दोलन शुरु गरेका छन् । उनीहरुले आज दशैभरका स्थानीय तहका कार्यालयमा धर्ना दिएका हुन् ।

    नेपाल शिक्षक महासंघ,राष्ट्रिय समितिको निर्णय अनुसार स्थानीय तहहरुमा ३ घण्टा धर्ना दिएका थिए ।यता बुटवल उपमहानगरपालिकामा नेपाल शिक्षक महासंघ बुटवलको धर्ना  दिएको छ ।

    नेपाल शिक्षक महासंघ बुटवलको आन्दोलन परिचालन समितिका संयोजक नेपाल शिक्षक महासंघ बुटवलका अध्यक्ष टिकाराम शर्मा पौड्यालको नेतृत्वमा ३ घण्टा भएको धर्नामा उपमहानगरपालिका विभिन्न विद्यालयक शिक्षकहरुको उपस्थिति रहेको थियो ।

    निजामति कर्मचारी सरहको स्वास्थ्य सेवा सुविधा पाउनुपर्ने, सिफारिस भएका शिक्षक सेवा आयोगका पदाधिकारीलाई आयोगमा नियुक्ति दिनुपर्ने, मास प्रमोशन हुनुपर्ने, शिक्षक अस्पतालको व्यवस्था हुनुपर्ने, कोरोनाको खोप दिनु पर्ने, प्रयटन काजको व्यवस्था गरिनु पर्ने वाल विकास सहयोगी कार्यकर्ता,विद्यालय कर्मचारीहरुलाई दरवन्दी सृजना गरी स्थायीको प्रक्रिया अगाडी बढाउनु पर्ने,स्वास्थ्य वीमा लागु हुनुपर्ने लगायतका माग सहित उनीहरुको आन्दोलन ३ वर्षदेखि जारी छ ।

    कार्यक्रममा नेपाल शिक्षक महासंघ रुपन्देही उपाध्क्षय मुक्ति प्र. भट्टराई,नेपाल शिक्षक संघ रुपन्देहीका उपाध्क्षय इन्दु पौडेल, अर्थ सचिव विश्वनाथ नेउपाने, सदस्य कैलाश गौतम, नेपाल शिक्षक संघ नगर अध्क्षय शिव प्राद अर्याल, एकीकृत नेपाल शिक्षक् संगथनकानार अध्क्षय अर्जुन खनाल शिक्षक संघ नगर सचिव सन्तोष पचाई, कर्मचारी परिषद नगरध्क्षय देवराज चौधरी लगायतको उपस्थिति रहेको थियो।

    नेपाल शिक्षक महासंघ, रुपन्देहीले  असार २५ गते शिक्षा विकास तथा समनवय एकाइमा धर्ना कार्यक्रम रहेको जनाएको छ  ।

    TEACHER ANDOLAN.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology