गण्डकी सरकार भन्छ- राम्दीदेखि देवघाटसम्मका बासिन्दाको हित बिपरित !
बुटवल,असार १२-
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेलले कालीगण्डकी-तिनाउ डाइभर्सन बहुउद्धेश्यीय आयोजना शुरू नगर्न चेतावनी दिएका छन् । कालीगण्डकी नदि मात्रै नभएर समग्र राष्ट्रको सभ्यता भएको बताउदै डाईभर्सन कुनै हालतमा अघि बढन नदिने उनले बताए ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले शनिबार बुटवलमा आयोजनाको कार्यालय उद्घाटन गरे लगत्तै मुख्यमन्त्री पाेखरेलले आयोजना कुनै हालतमा अघि बढ्न नदिने बताएका हुन् ।उनले नागरिक अनलाईनसंग भने-‘राम्दीदेखि देवघाटसम्मका बासिन्दाको हित बिपरितको आयोजनाले प्रदेशबीच द्वन्द्व निम्त्याउँछ,यो डाइभर्सन कुनै हालतमा अघि बढाउनुहुदैन ।’
‘गण्डकी प्रदेश सरकारसंग समन्वय नै नगरी एकतर्फी ढंगले डाइभर्सन आयोजना अघि बढाएर सरकारले प्रदेश प्रदेशबीच द्वन्द्व निम्त्याउने काम गर्दैछ’ मुख्यमन्त्री पोखरेलले भने, ‘डाइभर्सनको यसअघिको सरकारले पनि विरोध गरेको थियो, अहिलेको सरकार पनि डाइभर्सन कुनै हालतमा अघि बढाउन हुन्न भन्ने पक्षमा छ ।’
मुख्यमन्त्री नेपालीले कालीगण्डकी नदीमात्र नभएर समग्र राष्ट्रकै सभ्यता भएको उल्लेख गर्दै गण्डकी प्रदेशको मुस्ताङबाट सुरु भएर देवघाट हुँदै त्रिवेणीसम्म पुगेको यस नदीले सांस्कृतिक, पर्यावरणीय, आर्थिक, सामाजिक र राजनीतिक महत्व समेत बोकेको बताए । उनले गण्डकी प्रदेशसँग कुनै समन्वयनै नगरी आयोजना कार्यालय उद्घाटन भएपछि प्रदेशवासीलाई झस्काएको बताउँदै २०७१ को नीति तथा कार्यक्रममा यस आयोजना समेटिएसँगै गण्डकी र लुम्बिनी क्षेत्रमा विरोध हुँदै आएको समेत स्मरण गराएका छन् ।
आजै गण्डकी प्रदेश सरकारका मनुत्री तथा प्रबक्ता कुमार खड्काले याे आयाेजनाबारे ध्यानाकर्षण भएको भन्दै बिराेध जनाएका छन् । कालीगण्डकी तिनाउ डाईभर्सनको यस अघिका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सरकारले पनि चर्को विरोध गरेको थियो भने नदी तटीय क्षेत्रका जनप्रतिनिधिले समेत बिराेध जनाइसकेका छन् ।
यी पनि पढाैँ:-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)