बुटवल,असार १२ -
रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधीमा २७ जनामा कोराेना संक्रमण पुष्टि भएको छ भने २४ जना निको भएका छन् । १८७ जनाको नमुना परीक्षण गर्दा २७ जनामा संक्रमण देखिएको हो ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल महानगरपालिका र तिलोत्तमा नगरपालिकामा ७-७ जना , बुटवल उपमहानगरपालिकामा ५, देबदह नगरपालिकामा ४, सैनामैना नगरपालिकामा ३ , ओमसतिया गाउँपालिका र कञ्चन गाउँपालिकामा २र२ जना, सियारी र लुम्बिनी सास्कृतिक नगरपालिकामा १-१ जना संक्रमीत थपिएका छन् ।
जिल्लामा अहिलेसम्म जिल्लामा ४८२ जनाको ज्यान गईसकेको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या २०३ रहेको छन् ।
२४ घण्टाको अवधीमा रुपन्देहीमा कोरोनाबाट कुनैपनि संक्रमितको ज्यान गएको छैन ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)