Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कर्तव्य निर्वाह नगर्ने अधिकार राष्ट्रपतिलाई छैन,महाअभियोग लगाउनुपर्छ :अधिवक्ता टिकाराम भट्टराई

कर्तव्य निर्वाह नगर्ने अधिकार राष्ट्रपतिलाई छैन,महाअभियोग लगाउनुपर्छ :अधिवक्ता टिकाराम भट्टराई

  • 1.8K
    SHARES

  • कर्तव्य निर्वाह नगर्ने अधिकार राष्ट्रपतिलाई छैन,महाअभियोग लगाउनुपर्छ :अधिवक्ता टिकाराम भट्टराई

    बुटवल,असार ११- 

    अधिवक्ता टिकाराम भट्टराईले ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त गर्नुपर्नेमा कसैलाई नियुक्त नगर्ने अधिकार राष्ट्रपतिलाई कहाँ छ भनि प्रश्न गरेका छन्। 

    प्रतिनिधि सभा विघटन मुद्दामा शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस गर्ने क्रममा अधिवक्ता भट्टराईले राष्ट्रपतिको कदमले महाअभियोगको ग्राउण्ड बनेको बताए।

    ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त गर्नु पर्नेमा कसैलाई नियुक्ति नगर्ने अधिकार राष्ट्रपतिलाई कहाँ छ ? भोलि चार जनाले दाबी गरे म कसैलाई गर्दिन भन्न पाईन्छ ? महाअभियोगको ग्राउन्ड बनेको छ इजलाससमक्ष उनले भने। 

    संविधान निर्माताले तोकिएको काम नगर्ने राष्ट्रपति र उपराष्ट्रपतिको कल्पना नगरेको उनको भनाइ थियो। 

    न्यायाधीशले मुद्दा हेर्दिन भन्न,प्रधानमन्त्रीले सरकार चलाउदिन भन्न पाउँछ ? प्रश्न गर्दै उनले भने, कर्तव्य निर्वाह नगर्ने अधिकार राष्ट्रपतिलाई छैन  कसै न कसैलाई गर्नु पर्ने कर्तव्य थियो। गर्नेभित्र नगर्ने अधिकार छैन।

    राति ११ बजे महन्थ ठाकुर कसरी शितलनिवास पुगे भन्दै उनले प्रश्न गरे। मध्यरात किन ठाकुरलाई चै दिने अरुलाई चै नदिने श्रीमान्, उनले भने, राष्ट्रपतिले कसैलाई दिने कसलाई नदिने अधिकार दिन्छ ?

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology