Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रोल्पामा पहिरोले घर भत्काउँदा एकै परिवारका तीन जनाको मृत्यु,एक घाइते

रोल्पामा पहिरोले घर भत्काउँदा एकै परिवारका तीन जनाको मृत्यु,एक घाइते

  • 3.5K
    SHARES

  • रोल्पामा पहिरोले घर भत्काउँदा एकै परिवारका तीन जनाको मृत्यु,एक घाइते

    बुटवल,असार ९ -

    रोल्पामा पहिरोले घर भत्काउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८६ वर्षीया कर्मिता बुढा, १६ वर्षीया श्यामकला बुढा र १८ वर्षीया सुशीला बुढा छन् ।

    रोल्पा नगरपालिकाको हुमामा मंगलबार राति आएको पहिरोले दुई तले घर पुर्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको रोल्पाका प्रहरी नायब उपरीक्षक डीएसपी नरेश सुवेदीले बताए ।

    उनका अनुसार घटनामा टीका बुढामगर घाइते छन् । पहिरोका कारण सडक अवरुद्ध भएकाले उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत बुटवल ल्याउने तयारी गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology