बुटवल,असार ८ -
पछिल्लो २४ घण्टामा देशभर ४ हजार ५२२ जनामा कोरोना पुष्टि भएको छ । १६ हजार ९१३ जनाको परीक्षण गर्दा ४ हजार ५२२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ४१ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
योसँगै नेपालमा ६ लाख २६ हजार ३४३ मा कोरोना पुष्टि भएको छ ।
देशभरमा आज ४ हजार ९५४ जना कोरोना पुष्टि भएको छ । योसँगै अहिलेसम्म ५ लाख ६४ हजार ८८२ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म नेपालमा कोरोनाकै कारण ८ हजार ८ सय १३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)