बुटवल,असार ७-
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा घाँटीको जटिल शल्यक्रिया सफल भएको छ । घाँटीमा ब्रस अड्कीएका बिरामीको बिशेषज्ञ डाक्टरहरु विष्णु शर्मा, नेत्रबहादुर थापा, दिपेन्द्र कसौधन सहितको स्वास्थ्य कर्मीको टोलीले जटिल शल्यक्रिया सफल गरेको हो ।
रुपन्देहीको रुद्रपुर हरैयाका २४ वर्षीय पुरुष आईबार बिहान ६ बजेतिर ब्रस गर्दै थिए, अचानक ब्रस घाँटी भित्रै पसेपछि उनको स्थानीय मेडिकलमा लगेर एक्सरे गरियो ,झन दुखाई बढ्दै गयो । उनलाई लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याईयो र खानाखाने नलिको ईण्डोस्कोपी गरियो ।
अस्पतालका नाक, कान तथा घाँटी रोग बिशेषज्ञ डा. शर्माले भने-‘ईण्डोस्कोपी गर्दा खाना खाने नलिमा छातिको विच भागमा अड्कीएको देखियो ।’ त्यसपछि बिरामीको अवस्थाको बारेमा आफन्तलाई जानकारी गराएर बिना चिरफार शल्यक्रिया गरिएको हो ।
उनको शल्यक्रिया राईड ओसोफ्यागोस्कोपी प्रविधिबाट गरिएको हो । बिरामीलाई बेहोस गराईन्छ तर चिरफार गर्नुपर्दैन । मुखबाट क्यामेरा जडित पाईप छिराएर त्यसको सहायताले समातेर निकाल्ने प्रविधीलाई ओसोफ्यागोस्कोपी भनिन्छ ।
उक्त प्रविधिको प्रयोग गरेर चिकित्सकको टोलीले बिरामीको घाँटीबाट १८ सेन्टिमिरटर लामो ब्रस निकालेको हो । यो शल्यक्रिया सफल नहुनपनि सक्थ्यो र तत्कालै चिरफार गर्नपर्ने पनि हुन सक्थ्यो । सोही अनुसार सर्जनहरुलाई पनि स्ट्याण्डबाई राखिएको थियो - डा. विष्णु शर्माले भने ।
हेराैँ भिडियाे :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)