Logo बिहिवार, आश्विन १ गते २०८३
images

इनरव्हील क्लव अफ मिडटाउन बुटवलद्वारा ‘कोरोना कहरमा मानव अधिकार’ विषयक वेबीनारकाे आयाेजना

इनरव्हील क्लव अफ मिडटाउन बुटवलद्वारा ‘कोरोना कहरमा मानव अधिकार’ विषयक वेबीनारकाे आयाेजना

  • 2.7K
    SHARES

  • इनरव्हील क्लव अफ मिडटाउन बुटवलद्वारा ‘कोरोना कहरमा मानव अधिकार’ विषयक वेबीनारकाे आयाेजना

    बुटवल, असोज ४ ।

    इनरव्हील क्लव अफ मिडटाउन बुटवलले  ‘कोरोना कहरमा  मानव  अधिकार’  विषयक  वेबीनार कार्यक्रम गरेकाे छ । साे अवसरमा बोल्ने बक्ताहरुले मानव अधिकारका विषयमा हरेक नागरिक जानकार हुनुपर्ने बताएका छन्।

    भर्चुअल माध्यमबाट आयोजना गरिएको कार्यक्रमको गैरसरकारी संस्था महासघ रुपन्देहीका अध्यक्ष  तथा मानव अधिकारकर्मी रिमा बिसीले सहजीकरण गरेकी थिइन्। 

    बिसीले विश्वभरीका सबै मानिसहरुमा जाति, भाषा, धर्म, रंग, लिंग, राष्ट्रियता नागरिकता, उत्पति, सामाजिक र आर्थिक स्थिति, राष्ट्रिय सीमानाको भेदभाव विना निहित रहन्छ र यिनीहरुको सृजना अन्तराष्ट्रिय कानूनद्वारा हुने जानकारी दिइन्।

    उक्त वेबीनारमा डिष्ट्रिक ३५०का  चेयरमेन  शसि पालिखेको प्रमुख आतिथ्यता भएको  कार्यक्रममा विशिष्ट अतिथि आइ  पि डि सी समिरा ध्वजु, डिस्ट्रीक  ३५०बोर्ड  कमिटीका  आशा  श्रेष्ठ , पास्ट प्रेसिडेन्ट , मानवअधिकार तथा शान्ति  समाज रुपन्देहीका  सभापति डीपी खनाल, नेपाल अभिभावक  महासंघका अध्यक्ष  हेम  थापा लगायतले धारणा राखेका थिए ।

    क्लबका अध्यक्ष मिठु टन्डन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन क्लवका सचिव रन्जु घिमिरेले गरेकी थिइन्। कार्यक्रममा इनरव्हिल लगायत विभिन्न क्लवहरुका अध्यक्षको सहभागिता रहेको  थियोे।  बेवीनार  सफलतापूर्वक सम्पन्न गर्न  मुख्य भूमिका खेलेकोमा पास्ट प्रसिडेन्ट  राधा भट्टराई र  कार्यक्रम संयोजक  शुशीला पोखरेल लगायत सम्पूर्ण सहभागीलाई उपाध्यक्ष सरस्वती ढुंगानाले  धन्यवाद ज्ञापन गरिन्। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology