Logo मंगलवार, श्रावण १२ गते २०८३
images

ताराखोलाको नीति तथा कार्यक्रम : स्वास्थ्य,पर्यटन र कृषि क्षेत्रलाई प्राथमिकता

ताराखोलाको नीति तथा कार्यक्रम : स्वास्थ्य,पर्यटन र कृषि क्षेत्रलाई प्राथमिकता

  • 2.2K
    SHARES

  • ताराखोलाको नीति तथा कार्यक्रम : स्वास्थ्य,पर्यटन र कृषि क्षेत्रलाई प्राथमिकता

    कौरव खत्री/बागलुङ,असार ७-

    बाग्लुङको ताराखोला गाउँपालिकाले आईतबार आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । कोरोना रोकथाम, रोजगारी सिर्जना, गरिबी निवारण र कृषि क्षेत्रलाई प्राथमिकता दिँदै गाउँपालिकाको नवौँ गाउँ सभामा अध्यक्ष प्रकाश घर्तीले  आइतबार नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।

    नीति तथा कार्यक्रममा कोरोना रोकथाम, कृषि र पूर्वाधारको क्षेत्रमा रोजगारी श्रृजना गरी गरिबी निवारणमा टेवा पुर्याउने, घरेलु तथा साना उद्योग स्थापनालाई प्रभावकारी बनाउने, कृषि साना व्यवसायिक पकेट क्षेत्र उत्पादन कार्यक्रम सञ्चालन गर्ने,मासु तथा दूध मिसन कार्यक्रम सञ्चालन गरी पाडा,बगुंर तथा कुखुरा प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने, ५० प्रतिशत अनुदानमा फलफूल रोपण कार्यक्रम सञ्चालन गर्ने,कोल्डस्टोर निर्माण गरी स्थानीय उत्पादनको बजारीकरण गर्ने लगायतका लक्ष्य राखेको छ ।

    tarakhola.jpg
    त्यस्तै गाउँपालिका आफै उत्पादनसगं आबद्ध भई रोजगारी प्रबद्र्धन गर्ने र प्रयोगमा नआएको खेतीयोग्य जमिन भाडामा लिई स्थानीय उत्पादनलाई बढावा दिने र जसमार्फत युवालाई नियमित रोजगारी सिर्जना गरी आन्तरिक आय बढाउन ताराखोला जैविक बगैँचा ः युवालाई रोजगारी उत्पादन थरिथरि कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम राखेको छ ।
    गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धनका लागि पर्यटन पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्ने,स्थानीय मेला पर्वहरुको संरक्षण गर्दै पर्यटन प्रवर्दनसगं आबद्ध गर्न एक वडा एक पर्यटन गन्तव्यको विकास गर्ने तथा होमस्टे सञ्चालन गर्ने नीति तथा कार्यक्रममा समावेश गरेको छ ।
    वडा नम्बर ५ को करिमेलालाई नमुना पर्यटकीय बस्तीको रुपमा विकास गर्ने, निर्माणाधीन संग्रहालयदेखि अर्गल गाउँ हुँदै शहीद पार्कसम्म पदमार्ग निर्माणको कार्य थालनी गर्ने, रानु झर्ना पूर्वाधार निर्माण गर्नुका साथै प्रचार प्रसार गरि झर्नालाई पर्यटकीय स्थलको रुपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    उज्यालो गाउँपालिकादेखि स्वास्थ्य स्वयंसेविकाहरुको १० वर्षे जीवन बिमासम्म  !

    त्यस्तै गाउँपालिकाले उज्यालो गाउँपालिका घोषणाको तैयारी गर्ने,जलविद्युत उत्पादनका लागि नीजि क्षेत्र र समुदायलाई प्रोत्साहन गर्ने,कृषकहरुलाई आधुनिक प्रविधिसगं जोड्ने,द्धन्द्ध पीडित बालबालिकाहरुलाई उच्च शिक्षा तथा प्राविधिक शिक्षा अध्ययनका लागि शैक्षिक छात्रवृत्तिको व्यवस्था गर्ने,बहुप्राविधिक शिक्षालयको स्थापनाको  लागि सम्भाव्यता अध्ययन गर्ने नीति लिएको छ ।
    स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने,स्वास्थ्य संस्थामा आवश्यक उपकरण जडान गर्ने, कोरोना राहत कोष स्थापना गर्ने,महिला स्वास्थ्य स्वयंसेविकाहरुको १० वर्षे जीवन बिमा कार्यक्रम सञ्चालन गर्ने,युवाहरुलाई सीप र प्रविधि र पूँजी उपलब्ध गराई स्वरोजगार तथा उद्यमशीलतामा संलग्न गराउने तथा शहिद स्मृति पत्रकारिता पुरस्कारको स्थापना गरि खोजमुलक पत्रकारिता गर्ने पत्रकारहरुलाई पुरस्कृत गर्ने उल्लेख गरिएको छ ।

    नदी खोला छेउछाउमा ढुगां गिट्टी बालुवा निकाल्ने कार्यलाई निरुत्साहित गर्ने,नदी खोलाले क्षति पुर्याउने ठाउँको पहिचान गरी तटबन्ध गर्ने लगायतका नीति लिएको छ । अति विपन्न घर परिवारले घरेलु तथा साना उद्योग स्थापना गर्न चाहेमा अनुदान तथा तालिम प्रदान गर्न गरिबसगं उद्योग कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    ताराखोला गाउँपालिकाको बजेटका लागि यहाँ थिच्नुहाेस्

    taraaa.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology