Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

कपिलवस्तुका डिएसपी धर्मराज भण्डारी सर्वोत्कृष्ट प्रहरी घोषित,पाए पुलिस अफ द मन्थको सम्मान

कपिलवस्तुका डिएसपी धर्मराज भण्डारी सर्वोत्कृष्ट प्रहरी घोषित,पाए पुलिस अफ द मन्थको सम्मान

  • 15.9K
    SHARES

  • कपिलवस्तुका डिएसपी धर्मराज भण्डारी सर्वोत्कृष्ट प्रहरी घोषित,पाए पुलिस अफ द मन्थको सम्मान

    बुटवल,असार ६-

    कपिलबस्तुमा प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारी जिल्लाकै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । भण्डारी जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा डिएसपीका रूपमा बिगत १० महिनादेखि कार्यरत छन् । उनको कामको प्रशंसा गर्दै गृह मन्त्रालयले जेठ महिनाका लागि पुलिस अफ द मन्थ अवार्ड दिएको हाे ।

    ‘म सधै कर्मठ र इमान्दार भएरै कार्यसम्पादन गर्छु,कुनैपनि घटनामा दाेषि उम्कन पाउदैन कानुनी कारबाही गरेर घटनाहरुलाई निरुत्साहित पार्नुपर्छ ।’ -डिएसपी भण्डारीले नागरिक अनलाइनसंग भने ।

    प्रहरी कर्मचारीहरुको मनोवल उच्च राख्ने र सम्पादित कार्यको उचित मूल्याङकन गर्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तु जिल्ला भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

    डिएसपी भण्डारीले विभागीय मुल्य, मान्यता, आदेश, निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याएका छन् ।

    जिल्ला प्रहरी प्रमुख एसपी नवराज अधिकारी, डीएसपी भण्डारी, प्रहरी निरीक्षक प्रेम रेग्मी र नायब निरीक्षक गगन शाहीको ‘टिम वर्क’ ले जिल्लामा भएका ठुला तथा जघन्य अपराधको घटनाको अनुसन्धान सत प्रतिशत सफल हुँदै आएको छ । 

    साथै विभिन्न अपराधमा संलग्न व्यक्तिहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै आम नागरिकमा सुरक्षाको अनुभूति गराएकोमा उनी सम्मानित भएका हुन्  ।  कपिलवस्तुमा माओबादी केन्द्रका नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको घटनाका आराेपितलाई उनकै नेतृत्वमा तुरुन्तै पक्राउ  गरेर कारबाही गर्न सफल भएको थियाे ।

    यी पनि पढाैँ:-

    कपिलवस्तुमा माओबादी केन्द्रका नेता दीपक पाण्डेमाथि गोली प्रहार

    गाेली लागेर घाइते माओवादी केन्द्र कपिलवस्तुका नेता पाण्डेको काठमाडौंमा मृत्यु

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology