बुटवल,असार ६-
जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीतिक दल र तिनको नेतृत्वमा आएको स्खलन भएको बताएका छन् ।
देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति दल र नेतृत्वको स्खलन भएको भट्टराईले बताए । सामाजिक सञ्जाल ट्वीटरमा भटराईले आइतबार बिहान लेखेका छन्,-‘भनिन्छ–टाउकाको ओखती नाइटामा लगाएर हुन्न । अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीतिरदल र नेतृत्वको स्खलन नै हो।
नेता भट्टराईले पार्टी र नेतालाई आमुल परिवर्तन गर्नुपर्ने वा नयाँ बनाउने आँट गर्नुपर्ने बताए । कांग्रेस ‘कांग्रेस’नरहनुस कम्युनिष्ट ‘कम्युनिष्ट’नरहनुस समाजवादी ‘समाजवादी’नरहनु ! कि यिनलाई आमूल रूपान्तरण गर्ने वा नयाँ बनाउने आँट गरौं । नत्र समयले कसैलाई पर्खन्न है,’ भट्टराईले लेखेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)