Logo बिहिवार, आश्विन १ गते २०८३
images

बाढी-पहिराेका कारण देशभर ८ जनाको मृत्यु,२० बेपत्ता,१६५ वटा घर डुबानमा

बाढी-पहिराेका कारण देशभर ८ जनाको मृत्यु,२० बेपत्ता,१६५ वटा घर डुबानमा

  • 2.4K
    SHARES

  • बाढी-पहिराेका कारण देशभर ८ जनाको मृत्यु,२० बेपत्ता,१६५ वटा घर डुबानमा

    बुटवल,असार ४-

    अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परेर ८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुपाल्चोकमा ४ जना, पाल्पा, कास्की, डोटी र  सप्तरीमा एक–एक जना छन्। प्रहरी प्रधान कार्यालयका अनुसार बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ८० जना, कास्कीमा एक, पाल्पा र स्याङजामा एक–एक गरी ८३ जनाको उद्धार गरिएको छ। 

    बाढी पहिरोका कारण सिन्धुपाल्चोकमा १३ जना र जाजरकोटमा ७ जना गरी २० जना बेपत्ता भएका छन्। बेपत्ता भएकामध्ये १५ जना पुरुष र पाँच जना महिला छन्। वेपत्ताको खोजी जारी रहेको प्रहरीले जनाएको छ। सिन्धुपाल्चोकमा पाँच, डोटीमा दुई, कास्कीमा एक, स्याङजामा एक र म्याग्दीमा तीन जना गरी जम्मा १२ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ।

    पहिरो तथा बाढीको कारण बन्द भएका विभिन्न स्थानका सडक प्रहरीले सुचारू गराएको छ। साथै वर्षाको कारण सल्यान, बझाङ, दैलेख लगायत जिल्लाका ग्रामीण सडकमा गएको पहिरोको अवरोध हटाउने कार्य जारी छ। बाढीको कारण हाल १ सय ६५ वटा घर डुबानमा परेका छन्। ७४ वटा घर, ५ वटा गोठ, ६ वटा पुल र ६ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ।

    ८० वटा घर परिवार विस्थापित भएका छन् भने ४ सय ९२ वटा पशु चौपायाको मृत्यु भएको छ।  अविरल वर्षाको कारण देशभर ३३ वटा जिल्लामा ९९ वटा बाढी, पहिरो, सडक अवरोध, डुबान र कटानजस्ता विपदजन्य घटना भएका छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology