बुटवल,असार २-
पछिल्लाे २४ घण्टामा देशभर थप २ हजार ८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल १३ हजार २२ जनाको परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।
२४ घण्टामा थप ५२ जनाको संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म कोरोनाबाट ८ हजार ५५८ जनाको मृत्यु भएको छ। आज ३ हजार ८२ जना कोरोनाबाट मुक्त भएका छन्। हालसम्म कोरोनाबाट निको हुनेको संख्या ५ लाख ४३ हजार ५२१ रहेको छ।
आजसम्म कुल संक्रमित भएकामध्ये ८८.४९ प्रतिशत निको भएको, १०.१२ प्रतिशत सक्रिय रहेको र १.३९ प्रतिशतको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला ४३ छन्।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)