Logo मंगलवार, श्रावण १२ गते २०८३
images

चार दिनदेखिको भारी वर्षाले ठाँउठाँउमा पहिरो,सिद्धार्थ राजमार्ग अवरुद्ध

चार दिनदेखिको भारी वर्षाले ठाँउठाँउमा पहिरो,सिद्धार्थ राजमार्ग अवरुद्ध

  • 3.7K
    SHARES

  • चार दिनदेखिको भारी वर्षाले ठाँउठाँउमा पहिरो,सिद्धार्थ राजमार्ग अवरुद्ध

    बुटवल असार २-

    चार दिनदेखि परेको अविरल वर्षासँगै झरेको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ।

    अहिले पनि भारी वर्षा भइरहेकाले सडक सञ्चालन गर्न कठिन भइरहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए। जिल्लाबाट बाहिर जाने सबै सडक अवरुद्ध छन्। पहिरो पन्छाउने कार्य अहिले पनि जारी छ। पहिरोले राजमार्ग तथा सडक अवरुद्ध भएका ठाउँमा सम्बन्धित ठाउँका प्रहरी परिचालन गरेको उनले बताए।

    सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन नगरपालिका–८ गौडेभीरमा तलबाट सडक नै पहिराले बगाएको छ। खोलाको बहाबले करिब १०० मिटर राजमार्ग कटान गरेको घटनास्थल पुगेका प्रभास प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक भरत थापा क्षेत्रीले बताए। 

    ‘पहिरोे पन्छाउन र नयाँ ट्रयाक बनाउन स्कभेटर चाहिन्छ,’ उनले भने, ‘मेरो नेतृत्वमा सुरक्षाकर्मीको टोली यही छौं, स्काभेटर ल्याएर पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको छ।’ 

    राजमार्ग सञ्चालन गर्न कति समय लाग्ने हो यकिन भने नभएको उनले बताए। अहिलेसम्म सुञ्चालन गर्ने कुनै सुरसार भएको छैन। बिरामी बोकेका एम्बुलेन्सलगायत कैयौं सवारी साधन र यात्रु राजमार्गमै अलपत्र परिरहेका छन्।siddhartha_highway.jpg

    यता सिद्धार्थ राजमार्गकै रम्भा गाउँपालिका–३ स्थित सेरा र सीता पहाडमा समेत पहिराले राजमार्ग बन्द छ। यस्तै, तानसेन–गुल्मी सडकखण्डअन्तर्गत रिब्दीकोट गाउँपालिका–३ मालमुलमा पहिराले सडक अवरुद्ध भएको छ। गएराति देखिनै सडक अवरुद्ध भएको हार्थोक प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक विष्णु रेग्मीले बताए।  आर्यभञ्ज्याङ–रामपुर सडकखण्ड पनि अवरुद्ध छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology