बुटवल, असार १-
गुल्मीमा घर भत्किँदा एक जना घाइते भएका छन् । इस्मा गाउँपालिका ५ मैदानमा घर भत्किँदा एक जना घाइते भएका छन्।
राजेश परियारको निर्माणाधिन घर भत्किँदा श्रीमती जानुका परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। पानीका कारण घर भत्किँदा परियार घाइते भएकी हुन्। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
त्यस्तै इस्मा १ उजुङकी छत्रबहादुर पछाइको घर माथिबाट झरेको ढुंगाले भत्किएको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)