Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपालमा पछिल्लो २४ घण्टामा ११ कोरोना संक्रमितको मृत्यु,थप १२०४ जनामा कोरोना पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा ११ कोरोना संक्रमितको मृत्यु,थप १२०४ जनामा कोरोना पुष्टि

  • 2.2K
    SHARES

  • नेपालमा पछिल्लो २४ घण्टामा ११ कोरोना संक्रमितको मृत्यु,थप १२०४ जनामा कोरोना पुष्टि

    बुटवल,असाेज ३-

    नेपालमा पछिल्लो २४ घण्टामा ११ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७ महिला र ४ जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। मोरङमा ६५ वर्षीया, रौतहटमा ५१ वर्षीया, सर्लाहीमा ५६ वर्षीया तथा ललितपुरमा ७६ र ६८ वर्षीया महिलाको मृत्यु भएको छ। यस्तै काठमाडौंमा ७७ र मकवानपुरमा ३७ वर्षीया महिला गरी ७ जना महिलाको पनि मृत्यु भएको मन्त्रालयले जनाएको छ।

    यस्तै ललितपुरमा ६० वर्षीय, काठमाडौंमा ७५ वर्षीय, रुपन्देहीमा ६९ वर्षीय र बाँकेमा ४५ वर्षीय पुरुष गरी ४ जना संक्रमितको पनि मृत्यु भएको छ।

    पछिल्लो २४ घण्टामा १२०४ जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको स्वासथ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। हाल देशभर १७ हजार १२९ जना सक्रिय संक्रमित छन्। हाल ७ हजार ७३५ क्वारेन्टाइनमा छन्। 

    आज १४४७ जना निको भएका छन्। हालसम्म ४५ हजार २६७ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ। यो कुल संक्रमितको ७२ प्रतिशत छ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology