Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राहत बितरणमा हिडेका ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आक्रमण,५ जना पक्राउ

राहत बितरणमा हिडेका ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आक्रमण,५ जना पक्राउ

  • 3.8K
    SHARES

  • राहत बितरणमा हिडेका ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आक्रमण,५ जना पक्राउ

    बुटवल,जेठ २९-

    राहत बितरणमा हिडेका ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आक्रमण भएको छ ।  वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा गएराति ११ बजे आक्रमण भएको हो ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतले आक्रमणमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

    सुर्खेतका प्रहरी प्रमुख राजेन्द्र भट्टले शाहीको समूह र स्थानीयबीच झडप भएको बताए । एसपी भट्टले भने, ‘यो आक्रमण भन्दा पनि दुई समूहबीच झडप भएको हो । प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरेको छ ।’ उनले आक्रमणबाट घाइते भएकाहरुको अवस्था सामान्य रहेको पनि बताए ।

    सामाजिक सन्जालमा पोष्ट भएको एक भिडियोमा शाहीले रुँदै घाइते एक युवकलाई अँगालो हालेका छन् । टाउकोको पछाडिको भागबाट रगत बगिरहेको देखिने ती युवकको प्राथमिक उपचार पनि गरेको देखिन्छ ।

    शाहीले सामाजिक सन्जालमा आफूसहित राजेश महत, कृष्ण पान्डे, तिलक बस्नेत, नितु खड्का, लोक बहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आक्रमण भएको उल्लेख गरेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology