Logo बुधवार, श्रावण १३ गते २०८३
images

२४ घण्टामा थप ३७५० जनामा कोरोना संक्रमण,६७ जनाको मृत्यु

२४ घण्टामा थप ३७५० जनामा कोरोना संक्रमण,६७ जनाको मृत्यु

  • 2.3K
    SHARES

  • २४ घण्टामा थप ३७५० जनामा कोरोना संक्रमण,६७ जनाको मृत्यु

    बुटवल,जेठ २८-

    पछिल्लो २४ घण्टामा देशभर ३७५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९५९८ पीसीआर परीक्षणमा २७०९ जना र ५५८४ एन्टिजेन परीक्षणमा १०४१ जना गरी ३७५० जनामा संक्रमण पुष्टि भएको हो ।

    संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६७ जनाको मृत्यु भएको छ । त्यस्तै ५२२५ जना संक्रमणमुक्त भएका छन् ।

    रुपन्देहीमा ४४ जनामा संक्रमण पुष्टि :

    रुपन्देहीमा  पछिल्लो २४ घण्टाको अवधिमा ४४ जनामा संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आज सबै भन्दा धेरै बुटवल सैनामैना नगरपालिकामा १३ जनामा संक्रमण पुष्टि भएको छ । ३०६ जनाको कोरोना परीक्षण गर्दा ४४ जनामा संक्रमण पुष्टि भएको हाे ।

    मृतक संख्या भने शुन्य छ ।

    यस्तै तिलोत्तमा नगरपालिकामा ११ जना, बुटवल उपमहानगरपालिका र देवदह नगरपालिकामा ७-७ जना, सियारी गाउँपालिका, मर्चवारी गाउँपालिका, गैडहवा गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरापालिका, शुद्धोधन गाउँपालिका र सम्मरीमाई गाउँपालिकामा १-१ जना संक्रमित थपिएका छन् ।

    यस्तै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४६२ पुगेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

    २४ घण्टाको अवधीमा १४३ संक्रमित निको भएसँगै रुपन्देहीमा कोरोनाका संक्रिय संक्रमितको संख्या १ हजार भन्दा कम भएको हो । हाल जिल्लामा कोरोनाका संक्रिय संक्रमितको संख्या ९९२ रहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology