बुटवल,जेठ २७-
अर्घाखाँचीमा जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। भुमिकास्थानको ढिकुराबाट डेभातर्फ जाँदै गरेको लु १ च ६१६८ नम्बरको डबल क्याप जिप भुमिकास्थान ९ तारिकेमा दुर्घटना भएको हो।
दुर्घटनामा भुमिकास्थान -९ का गाडी चालक अन्दाजी २९ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको घटनास्थलबाट स्थानीय माधव घिमिरेले जानकारी दिए। गाडीमा चालक मात्र रहेको र सडकबाट करिब ५० मिटर तल खसेको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)