Logo बिहिवार, आश्विन १ गते २०८३
images

आज देशभर ४,४७२ जनामा कोभिड संक्रमण,थप ९२ को मृत्यु 

आज देशभर ४,४७२ जनामा कोभिड संक्रमण,थप ९२ को मृत्यु 

  • 2.0K
    SHARES

  • आज देशभर ४,४७२ जनामा कोभिड संक्रमण,थप ९२ को मृत्यु 

    बुटवल,जेठ २४ । 

    नेपालमा सोमबार थप ४४ सय ७२ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १२ हजार २ वटा पीसीआर परीक्षणका क्रममा ३ हजार ३ सय ७० र ५ हजार ९ सय १ एन्टीजेन परीक्षणका क्रममा ११ सय २ जनामा कोभिड पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    योसँगै नेपालमा हालसम्म पिसिआर परीक्षणबाट ५ लाख ९१ हजार ४९४ संक्रमित र एन्टीजेन परीक्षणबाट १४ हजार ६६१ जनामा कोभिड पुष्टि भएको छ ।

    त्यस्तै कोभिडका कारण थप ९२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ७ हजार ९ सय ९० जनाले कोभिडका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ६ हजार ९ सय ५१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ४ लाख ९७ हजार ९६० संक्रमित निको भएका छन् ।

    हाल ८५ हजार ५४४ सक्रिय संक्रमित आइशोलेशनमा र ७१८ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म ३१ लाख ५५ हजार ६४ वटा पीसीआर र ७५ हजार ८५२ वटा एन्टीजेन परीक्षण भएको मन्त्रालयले जनाएको छ । 

    रूपन्देहीमा थप ६३ जनामा संक्रमण पुष्टि,४ जनाको मृत्यु :

    रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधिमा ६३ जनामा संक्रमण पुष्टि भएको छ । भने १०९ जना कोरोनाबाट मुक्त भएका स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

    २ सय १९ जनाको कोरोना परीक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको हाे । यस्तै २४ घण्टामा थप ४ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४५४ पुगेको छ ।

    आज तिलोत्तमा नगरपालिकामा १६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बुटवल उपमहानगरपालिकामा १२ जना, सिद्धार्थनगर नगरपालिकामा ६ जना, सैनामैना नगरपालिकामा ७ जना, देवदह नगरपालिकामा ८ र रोहिणी गाउँपालिकामा २ जना, मायादेबी गाउँपालिकामा २ जना, लुम्बिनी सांस्कृतिक नगरपालिकामा १, शुद्धोधन गाउँपालिकामा १ जना र गैडहवा गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ ।

    यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २७ हजार १ सय ४६ पुगेको छ । जसमध्ये २५ हजार ५८१ जना निको भएका छन ।

    हाल जिल्लामा १ हजार १११ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology