बुटवल,जेठ २४-
कोरोना संक्रमणबाट वरिष्ठ मुटु रोग विशेषज्ञ डा. विकास सुवेदीको निधन भएको छ ।
२५ दिनअघि कोरोना संक्रमण पुष्टि भएको ४२ वर्षका डा.सुवेदीलाई ह्याम्स अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको थियो । उपचारकै क्रममा गए राती निधन भएको भएको अस्पतालका मिडिया पर्सन रोसन अधिकारीले जानकारी दिए ।
सुवेदी गौतम वुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालका सञ्चालनसमेत थिए । संक्रमणपुष्टि भएपछि उनले सोही अस्पतालमै उपचार गराइरहेपनि स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई १४ दिनअघि ह्याम्स अस्पताल लगिएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)