बुटवल,जेठ २२ ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाको कारण ६८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ हजार ७ सय ९९ पुगेको छ ।
हिजो १ सय १ जनाको मृत्यु भएको थियो । नेपालमा आज ५ हजार ४२ जनालाई संक्रमण पुष्टि भएको छ । आज ८ हजार २४३ निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज ५ हजार ४२ जनालाई संक्रमण पुष्टि भएको हाे । शनिबार ८ हजार २४३ निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ६८ जना संक्रमितको मृत्यु भएको छ ।
अहिलेसम्म नेपालमा ५ लाख ९८ हजार हजार २०४ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ४ लाख ८४ हजार ३७३ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ७९९ जनाको मृत्यु भएको छ
अहिले ९२ हजार ९२८ संक्रमित आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा ११ हजार ४७१ पीसीआर र ५ हजार ३४३ जनाको एन्टीजेन परीक्षण भएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)