Logo बिहिवार, आश्विन १ गते २०८३
images

२८९ जना कैदी बन्दीहरुले पाए कैद मिनाहा तथा माफी

२८९ जना कैदी बन्दीहरुले पाए कैद मिनाहा तथा माफी

  • 6.5K
    SHARES

  • २८९ जना कैदी बन्दीहरुले पाए कैद मिनाहा तथा माफी

    बुटवल,असाेज २-

    विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका २८९ जना कैदी बन्दीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट कैद मिनाहा तथा माफी पाएका छन् ।

    मन्त्रिपरिषद्को सिफारितमा शनिबारदेखि लागू हुने गरी हेमराज तुम्वाहाम्फेसहित २८९ जनाले संविधान दिवसको अवसरमा माफी पाएका हुन् ।

    संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ र फौजदारी कसुर कैद कट्टा नियमावली, २०७६ को व्यवस्था अनुसार कैदी बन्दीको कैद मिनाह गर्न सक्ने व्यवस्था छ । त्यसका लागि मन्त्रिपरिषद्ले राष्ट्रपतिका लागि सिफारिस गर्नु पर्छ ।

    यस्तै, राम दयाल मण्डल खत्वेलाई अदालतबाट भएको फैसलाबमोजिम लागेको कैद र जरिवानसमेत माफी गरिएको छ ।

    संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७६ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनलाई माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology