Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

स्वतन्त्र नागरिक समूह नेपालले भन्यो-‘देश अभिभावक बिहिन भयो’

स्वतन्त्र नागरिक समूह नेपालले भन्यो-‘देश अभिभावक बिहिन भयो’

  • 3.8K
    SHARES

  • स्वतन्त्र नागरिक समूह नेपालले भन्यो-‘देश अभिभावक बिहिन भयो’

    बुटवल,जेठ २१-

    स्वतन्त्र नागरिक समूह नेपालले संविधान अनुसार राज्य नचलेको बताएको छ । स्वतन्त्र नागरिक समूह नेपालका अध्यक्ष विश्वराज गैह्रेले एक विज्ञप्ती जारी गरी यस्तो बताउनु भएको हो । संविधान सम्बत राज्य नचल्दा देश अभिभावक विमुख र सरकार विमुख भएको छ अध्यक्ष गैह्ेले जारीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

    संविधान सम्मत राज्य व्यवस्था नचल्दा स्वास्थ्य र नागरिकको दैनिकी सञ्चालनको अभावमा पीडित नेपालीको समस्या समाधान भन्दा व्यक्तिगत स्वार्थ र राजनीतिक स्वार्थको दिशामा सरकारका सबै निकायहरु लक्षित हुंंदा देश अभिभावक विमुख र सरकार विमुख भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    नेपाली जतना पिडामा परेको अवस्थामा संघीय सरकार र प्रान्तीय सरकारकोसमेते औचित्य नरहेको अवस्थामा न्यायलय न्यामूर्ति बन्नु पर्ने स्वतन्त्र नागरिक समूहको माग छ ।

    विधानत नागरिकले पाउनु पर्ने नागरिकता सहज रुपमा प्राप्त हुनुपर्ने र अनागरिकलाई नेपाली नागरिकताबाट बन्चित गर्नुपर्ने विज्ञप्तमिा उल्लेख छ । विज्ञप्तीमा भनिएको छ-यस्तो संंकटपूर्ण स्थितीबाट देशलाई मुक्त गर्नु हामी सबै नेपालीको साझा कर्तब्य हो ।

    त्यसैले जन्मभूमि नेपाल माताको रक्षा र सम्बद्र्वनका लागि नयांं शिराबाट सशक्त संंघर्ष तथा विशेष पहल कदमी उठाउन ढिला गर्नु हुदैन ।

    धार्मिक सहिष्णुता सहितको हिन्दु राष्ट्र, प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासन प्रणाली र मौलिक राजनीतिक मुल्य मान्यतामा आधारित सुन्दर शान्त र विशाल नेपालको संरक्षण र सम्बद्र्वनमा जुटन स्वतन्त्र नागरिक समूह नेपालका अध्यक्ष विश्वराज गैह्ेले देशभक्त नेपालीलाई अपिल गर्नुभएको छ ।

    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ भाइरसबाट पीडित नागरिकको स्वास्थ्य लाभको कामना र मृतकप्रति समूहका अध्यक्ष गैह्ेले हार्दिक श्रदाञ्जली अर्पण गर्नुभएको छ ।

    biso raj ghaire.jpg

     

     

     

     

     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology