Logo बिहिवार, आश्विन १ गते २०८३
images

स्थापना दिवसमा शान्ति समाजद्वारा खाद्यान्न बितरण 

स्थापना दिवसमा शान्ति समाजद्वारा खाद्यान्न बितरण 

  • 2.8K
    SHARES

  • स्थापना दिवसमा शान्ति समाजद्वारा खाद्यान्न बितरण 

    बुटवल,जेठ २०-

    मानवअधिकार तथा शान्ति समाजको २६ औं स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमहरु गरि मनाईएको छ ।

    समाजले रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत  कोभिड संक्रमित बिरामिहरु तथा स्वास्थ्यकर्मीहरु गरि १५५ जनालाई खाजा खुवाएको छ ।

    यस्तै समाजले तिलोत्तमा मंगलापुरमा रहेको  सृजनशील संस्था नेपालद्वारा संचालित बालगृहका बालबालिकालाई खाद्यान्न गरि २७ हजार बराबरको सहयोग गरेको हो । 

    कार्यक्रममा बोल्दै समाजका केन्द्रीय सभापति गोबिन्द खनालले मानवीय सेवा नै सबैभन्दा ठुलो उपकार भएको बताए । खनालले नेपालका सत्ता सञ्चालकहरुले लोकतन्त्रप्रतिको इमानदारितामा आएको स्खलनले व्यवस्थाको जग हल्लिन लागेको बताए ।

    कार्यक्रममा केन्द्रीय  सचिव मिना ढकाल,जिल्लाका पूर्व सभापति हरिष ढकाल,रुपन्देहीका सभापति  डिपी खनाल, सचिव कपिल ज्ञवाली, सहसचिव कृष्ण पाण्डे, अभियान्ता रिता केसी,आश्रमका कार्यक्रम प्रमुख प्रतिमा पन्थी लगायतको बाेलेका थिए ।

     सो आश्रममा १७ जना बालबालिका छन् ।

    rahat santi samaj.jpg

     



     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology