Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

एमाले निकट राष्ट्रिय युवा सङ्घको अध्यक्षमा किरण पौडेल

एमाले निकट राष्ट्रिय युवा सङ्घको अध्यक्षमा किरण पौडेल

  • 1.9K
    SHARES

  • एमाले निकट राष्ट्रिय युवा सङ्घको अध्यक्षमा किरण पौडेल

    बुटवल,जेठ १८-

    नेकपा (एमाले) निकट राष्ट्रिय युवा सङ्घको अध्यक्षमा किरण पौडेल चयन भएका छन् । सङ्घको सचिवालय  बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको महासचिव रमेश आचार्यले जानकारी  दिए ।

    सङ्घका अध्यक्ष वचनवहादुर सिंह उमेर हद(४० वर्ष ) का कारण स्वतः पदमुक्त भएपछि सहअध्यक्ष पौडेललाई अध्यक्षमा चयन गरिएको हो  । 

    महासचिव आचार्यले आजको बैठकले अध्यक्षमात्र चयन गरेको र केन्द्रीय कमिटी यथावत रहेको बताए । सङ्घमा एक हजार दुई सयको केन्द्रीय कमिटी रहेको छ ।

    नवनिर्वाचित अध्यक्ष पौडेलले सङ्घलाई कोरोना भाइरस महामारी नियन्त्रणका रुपमा परिचालन गर्ने बताए । उनले परिस्थिति अनुकुल हुने वित्तिकै महाधिवेशन गर्ने समेत बताए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology