बुटवल,जेठ १५-
अविरल वर्षाका कारण खसेको पहिराेले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । बुटवल-पाल्पा सडकखण्ड अन्तर्गत तिनाउ गाउँपालिका ३ सिसुवामा ढुङगा सहितको ठुलो पहिरो गएसंगै सडक अवरुद्ध भएको हो ।
उप्त सडकखण्डको गौंडे, बर्तुङ, दोभान, झुम्सा लगायतको क्षेत्रका स-साना पहिरो गएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डीएसपी डिल्लीनारायण पाण्डेयले बताए ।
यस्तै सिसुवा क्षेत्रमा खसेको पहिरो हटाउने काम सुरु भएको छ । निरन्तरको वर्षा र ढुङगा झर्ने क्रम नरोकिएकाले पहिरो पन्छाउन समस्या भएको पाण्डेयले बताए । पानी परिरहेका कारणले हटाउनको लागि समस्या भएको प्रहरीले जनाएको छ ।
ठूला ढुंगा खसेको र सामान्य डोजरले फाल्न नसकेकाले ब्रेकर मगाइएको छ । ब्रेकर आएपछि पनि ढुंगा फोरेर पहिरो पन्छाउन केही घण्टा लाग्ने प्रहरीले जनाएको छ ।
राजमार्ग बन्द भएपछि बिहानैदेखि पहाडी भेगबाट बुटवलतर्फ र बुटवलबाट पहाड आउने सबै सवारी साधन अवरुद्ध भएका छन् । खाद्यान्न बोकेका सवारी साधन सडकमै रोकिएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)