बुटवल,जेठ १४-
बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । उनी रूपन्देही सियारी-१ का ५३ बर्षिय पुरुष हुन् ।
उनलाई जेठ १० गते कोरोना पोजेटिभ देखिएपछि जेठ १४ गते शुक्रबार मात्रै अस्पतालको इमर्जेन्सीमा भर्ना भएका थिए । उनको दिउसाे १ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी बिष्णुप्रसाद गाैतमले नागरिक अनलाइनलाई जानकारी दिए ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)