बुटवल,असाेज २-
रुपन्देहीमा रोहिणी खोलामा पौडी खेल्नेक्रममा डुबेर एकजना किशोरको मृत्यु भएको छ।
रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ३ हात्तीडाँडास्थित रोहिणी खोलामा डुबेर पश्चिम नवलपरासी सुनवल नगरपालिका वडा नम्बर ७ अस्नैया बस्ने १५ वर्षीय करण रानाको मृत्यु भएको हो।
आफ्नै दाजु किरण राना सहित ८ जनाको समूहमा खोलामा पौडी खेल्न गएका उनी डुबेका थिए।
खोलामा डुबेर वेपत्ता भएको खबर पाउनासाथ घटनास्थल पुगेको प्रहरी टोलीले स्थानीयको सहयोगमा खोजी गर्दै जाँदा खोलामै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी खड्कबहादुर खत्रीले जानकारी दिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)