बुटवल,जेठ १२-
पछिल्लो २४ घन्टामा मुलुकमा ६ हजार ७१४ जनामा संक्रमण देखिएको छ। यस्तै पछिल्लो २४ घन्टामा ६ हजार ७१६ कोरोनामुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले थप ६ हजार ७१४ जनामा संक्रमण पुष्टि गरेको हो। विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ३० नमूना परीक्षणमा ६ हजार ७१४ जनामा संक्रमण देखिएको हो।
यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप १४५ जनाले ज्यान गुमाएका छन्। यस्तै १ लाख १७ हजार ७७ जना कोरोनाका सक्रिय संक्रमित छन्। मन्त्रालयका अनुसार उपत्यकामा १ हजार ४९३ जना कोरोना संक्रमित थपिएका छन्।
११३ जना भक्तपुरमा, २४१ जना ललितपुरमा र १ हजार १३९ जना काठमाडौंमा गरी १ हजार ४९३ जनामा कोरोना संक्रमण देखिएको हो। यस्तै ८४३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)