Logo बिहिवार, आश्विन १ गते २०८३
images

देवदहका ७३ बर्षीय अशक्त खमबहादुरलाई सुरजले दिए आफ्नाे जन्मदिनमा ह्विल चियर

देवदहका ७३ बर्षीय अशक्त खमबहादुरलाई सुरजले दिए आफ्नाे जन्मदिनमा ह्विल चियर

  • 3.2K
    SHARES

  • देवदहका ७३ बर्षीय अशक्त खमबहादुरलाई  सुरजले दिए आफ्नाे जन्मदिनमा ह्विल चियर
    देवदह,असोज १ -
    रुपन्देहीकाे देवलह निवासी युवा व्यावसायी,मिडियाकर्मी तथा सामाजिक कार्यमा कृयाशिल सुरज बश्यालले आफ्नाे जन्मदिन ह्विल चियर सहयोग गरेका छन्। देवदहमा एक कार्यक्रमका बिच उनले बिगत चार बर्षदेखि पक्षघात भएर अशक्त रहेका देवदह ६ का ७३ बर्षीय खम बहादुर गुरुङलाई ह्विल चियर प्रदान गरेका हुन् ।
     
    ह्विल चेयर प्रदान कार्यक्रममा देवदह नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दामोदर क्षेत्री,नेपाली कांग्रेसका जिल्ला सदस्य वासुदेव रिमाल ,अर्जुन पोखरेल ,युनिस अधिकारी ,शुसिल सापकोटा लगायतकाे उपस्थिती रहेको थियो।
     
    सुरजले आफुलाइ सामाजिक काम गर्न पाउदा निकै खुसी लाग्ने नागरिक अनलाइनसं‌ग बताए । कोरोना महामारीका समयमा लकडाउन हुदा पनि सडकमा बिचल्ली परेकाहरुलाई उद्दार गरि खाना खुवाएका बश्यालले अघिल्लो बर्ष जन्मदिनको अवसरमा मानव सेवा आश्रममा रहेका ४९ जनालाई खान खुवाएकाे बताए । wheel.jpg
     
    उनी २०५४ सालमा पाल्पा रम्भा ३ अगाहाखोलामा पिता युबराज र माता बिमलादेबि बश्यालको काेखबाट जन्मिएका थिए ।उनले मानवीय र सामाजिक कार्यमा कृयाशिल रहिरहने समेत बताए ।
     
     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बिहिवार, आश्विन १ २०७७०८:४४:२१

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology