Logo बिहिवार, आश्विन १ गते २०८३
images

ओलीको असंवैधानिक कदमविरुद्ध आ-आफ्नो ठाउँबाट जुट्न प्रजातन्त्रवादी प्राध्यापक संघको आह्वान

ओलीको असंवैधानिक कदमविरुद्ध आ-आफ्नो ठाउँबाट जुट्न प्रजातन्त्रवादी प्राध्यापक संघको आह्वान

  • 2.4K
    SHARES

  • ओलीको असंवैधानिक कदमविरुद्ध आ-आफ्नो ठाउँबाट जुट्न प्रजातन्त्रवादी प्राध्यापक संघको आह्वान

    बुटवल,जेठ ९ -

    प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध आ-आफ्नो ठाउँबाट जुट्न आह्वान गरेको छ ।

    संघका सचिव विष्णुप्रसाद पोखरेलले विज्ञप्ति जारी गर्दै सरकारले प्रतिनिधि सभा विघटन गरी मध्यावधि चुनावका लागि चालेको कदम असंवैधानिक एवं संसदीय पद्धतिमाथिको हमला रहेको ठहर गरेको छ ।

    संघले अक्सिजन नपाएर दैनिक रूपमा नागरिकले मृत्युवरण गर्नुपरेको कहालीलाग्दो अवस्थाले जनजीवन पूर्णरुपमा प्रभावित भइरहेको बेला महामारी नियन्त्रणभन्दा पनि अलोकतान्त्रिक ढंगले मध्यावधि निर्वाचनको घोषणा गर्नु दुखद् रहेको विज्ञप्तिमा उल्लेख छ ।

    ‘स्वास्थ्यसँग सम्बन्धित भौतिक व्यवस्थापन एवं खोपको लागि विश्व विद्यालयका प्राध्यापक, कर्मचारी, शिक्षक, राष्ट्रसेवक, विद्यार्थीहरुदेखि सर्वसाधारण नागरिक प्रतीक्षामा छन् ।

    यस्तो विषम परिस्थितिमा वर्तमान सरकारले प्रतिनिधि सभा विघटन गरी मध्यावधि चुनावका लागि चालेको कदम असंवैधानिक एवं संसदीय पद्धतिमाथिको हमला हो’ विज्ञप्तिमा भनिएको छ ‘संविधानलाई कुल्चेर राजनीतिक अस्थिरता सिर्जना भएको यो अवस्थामा वर्तमान सरकारको संविधानमाथिको निरन्तर प्रहार रोक्नका लागि आ–आफ्नो स्थानबाट भूमिका खेल्न आम प्राध्यापक एवं बुद्धिजीवीहरुमा अनुरोध गर्दछौं ।’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology