Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल-पाल्पा सिद्धबाबा सडकखण्डमा सुरुङ मार्ग बन्ने पक्का,ग्लोबल टेन्डर आह्वान !

बुटवल-पाल्पा सिद्धबाबा सडकखण्डमा सुरुङ मार्ग बन्ने पक्का,ग्लोबल टेन्डर आह्वान !

  • 6.2K
    SHARES

  • बुटवल-पाल्पा सिद्धबाबा सडकखण्डमा सुरुङ मार्ग बन्ने पक्का,ग्लोबल टेन्डर आह्वान !

    बुटवल,जेठ ९ -

    सिद्धार्थ राजमार्गअन्तर्गत सबैभन्दा जाेखिमपूर्ण मानिएको बुटवल-पाल्पा सिद्धबाबा सडकखण्डमा सुरुङ मार्ग बन्ने पक्का भएको छ । सुरुङ मार्ग खन्ने प्रक्रियाका लागि ग्लोबल टेन्डर आह्वान भएको छ । 

    सो सडक खण्डमा लामो समय देखि सुरुङ मार्ग खन्ने गृहकार्य भइरहेपनि काम अघि बढ्न नसकिरहेको अवस्थामा बल्ल योजनाले सार्थकता पाउने भएको हो । 

    आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक सूचना जारी गर्दै टेन्डर आह्वान गरेको हाे । बिस २०७६ सालमै अर्थ मन्त्रालयले बजेट स्वीकृत गर्दै भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र लेख्दै बार्षिक बजेटमा १० अर्व १५ करोडको सिमा भित्र रहेर खरिद प्रक्रिया अगाडि बढाउन भनेको थियो । 

    अर्थमन्त्री बिष्णु पौडेलले सिद्धबाबा सडकमा सुरुङ निर्माण सुरु गर्न ब्रेकथ्रु भएको भन्दै खुसी ब्यक्त गरेका छन् ।  उनले अब सुरुङमार्ग बनाउने कामको मुखमा पुगेको र अन्तर्राष्ट्रिय स्तरका निर्माण व्यवसायीहरुको सहभागितामा सुरुङ निर्माण कार्य अगाडि बढाइने बताए । उनले काम अघि बढ्ने र समयमै सकिने विश्वास ब्यक्त गरे ।

    स्वीस सरकारको सहयोगमा सिद्धबाबामा सुरुङ बनाउने योजनाको विस्तृत अध्ययन भएको थियो। सो अध्ययन अनुसार करिब ११ सय मिटरको सुरुङ मार्ग बन्ने छ भने सुरुङ मार्गको प्रवेश बिन्दु र अन्तिम बिन्दुमा भने रकनेट र रकसेट विधिबाट पहिरो व्यवस्थापनको काम हुने छ  ।

    SIDDHABABA BHIR SADAK SURUNG.jpg

    डवल लेनको सुरुङ निर्माणका लागि सडक बिभागले टेण्डर आह्वान गरेको हो। यो सुरुङ निर्माण ५ वर्षभित्र सक्ने योजनासहित निर्माण कम्पनीको खोजी गरिएको छ। 

    सुरुङ मार्गलाई प्राय सबैदलका नेताले चुनावी नारा बनाउदै आएका थिए ।

    टेण्डर आब्हानपछि रुपन्देहीदेखि गुल्मी,पाल्पा-पाेखरा-अर्घाखाँचीसम्मका संघीय तथा प्रदेश सांसदहरुले आ-आफ्नै पहलमा सुरुङ निर्माण हुन लागेको भन्दै जसलिनका लागि फेसबुकमा प्रचारबाजी समेत शुरु गरेका छन् ।

    हेराैँ ,टेण्डर आब्हान सूचना:-

    tender siddhababa.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    कपिल ज्ञवाली

    डेढ दशकदेखि बुटवलमा रहेर पत्रकारितामा सक्रिय ज्ञवाली नागरिक अनलाइन डटकमका संस्थापक र चिफ एडिटर हुन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology