Logo बिहिवार, आश्विन १ गते २०८३
images

एकैरातमा बुटवलमा उपचाररत ४ जना कोराेना संक्रमितको मृत्यु

एकैरातमा बुटवलमा उपचाररत ४ जना कोराेना संक्रमितको मृत्यु

  • 2.3K
    SHARES

  • एकैरातमा बुटवलमा उपचाररत ४ जना कोराेना संक्रमितको  मृत्यु

    बुटवल,जेठ ७- 

    बुटवलमा उपचाररत ४ जना कोरोना संक्रमितको गएराति मृत्यु भएको छ । रुपन्देहीमा मृत्यु हुनेको संख्या ३८२ पुगेको छ ।

    लुम्बिनी प्रादेशिक अस्पताल र कोरोना विशेष अस्पतालमा मृत्यु हुनेमा नवलपरासीका २ जना ,रुपन्देही र गुल्मीका १-१ जना रहेको अस्पतालका प्रवक्ता डा बिष्णु गौतमले बताए ।

    ३ जना प्रादेशिक अस्पतालको इमर्जेन्सी र १ जनाको कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो ।

    जेठ ५ गते भर्ना भएका सैनामैना रुपन्देहीका ७७ वर्षिय पुरुष,५ गते नै भर्ना भएकी चन्द्रकोट गुल्मीकी ५० वर्षिया महिला र बिहिबार भर्ना भएका बर्दघाट नवलपरासी पश्चिमका ६२ वर्षिय पुरुष र बैशाख २९ गते कोरोना विशेष अस्पताल भर्ना भएका बर्दघाटकै ३९ वर्षिय पुरुषको बिहान ७ बजे मृत्यु भएको हाे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology